‘बजाज पाँचको पन्च’ मा तुलसाले जितिन् १० लाख |
काठमाडौं । बजाज मोटसाइकलले आयोजना गरेको ‘बजाज पाँचको पञ्च’ योजनाको बम्पर पुरस्कार उर्लाबारीकी तुलसा देवी अधिकारीले जितेकी छन् । उर्लाबारी स्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी अधिकारीले बम्पर पुरस्कार बापत १० लाख रुपैयाँ प्राप्त गरेकी हुन् ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरूका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना सञ्चालन गरेको थियो । यहि जेष्ठ २७ गते सोहि योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो ।