गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरु नेपाली बजारमा सार्वजनिक |
काठमाडौं । ६४ बर्षको ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरु सार्वजनिक गरेको छ। मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रीजरहरु उपलब्ध गराएको छ।
कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरु स्योरचिल प्रविधिमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ। डब्लुएचओ पिक्युएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरहरुको होल्डओभर टाईम ३ देखी ४ दिन सम्मका छन् भने ४७ देखी २७६ लिटर सम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरु फ्रीज प्रोटेक्सनमा डब्लुएचओबाट ए ग्रेडमा मूल्याङ्कन गरिएको छ। यी रेफ्रिजेरेटरहरु सिएफसि एचएफसि र एचसिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरुको ढोका अगाडिबाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउँछ। यी रेफ्रिजेरेटरहरुमा २ बर्षको वारेन्टी रहेको छ।
ब्लड ब्याग, आरबीसी, ब्लड श्यामपल आदी राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ६ डिग्रीमा स्थिर राख्छ। यी रेफ्रिजेरेटरहरु ११७ देखी ३२० ब्लड ब्याग सम्मको क्षमतामा उपलब्ध छन् ।
बिभिन्न सल्भेन्ट, केमीकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधीहरु आदी राख्न योग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ। आइएसओ र सिइ सर्टिफाइड यी रेफ्रिजेरेटरहरु १०० प्रतिशत सिएफसि मुक्त छ। यी रेफ्रिजेरेटरहरुमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनकोलागि डिजिटल डिस्प्लेसँगै एन्टेलीजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ। यी रेफ्रिजेरेटरहरु २०० देखी ४०० लिटर सम्मको क्षमतामा उपलब्ध छन्।