सेञ्चुरी कमर्सियल बैंक र अलफ्ट ठमेलबीच सम्झौता |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाडौं, ठमेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट काठमाण्डौं, ठमेलको ‘नुक, डब्लुएक्सवाईजेड, रिःफ्युल’ रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरे।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।