नेपाल टेलिकमको २४ सै घण्टा फ्रि टु एयर टेलिभिजन च्यानलहरू निःशुल्क हेर्न सकिने सुविधा सञ्चालनमा |
काठमाडौं । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरू निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ । सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ ।
उक्त एपमार्फत एन्ड्रोइड र आईओएसका मोबाइलहरूमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने बताइएको छ । यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरूले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ ।
यसलगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरू हेरेवापत हाल छुट्टै शुल्क तिर्नु नपर्ने कम्पनीले बताएको छ ।