इम्बोस्ड नम्बरको विषयमा मलाई अनावश्यक मुछियो –सुरक्षण मुद्रणका निर्देशक पौडेल |
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेलले इम्बोस्ड नम्बर, एमआरपी छपाइ, सुरक्षण मुद्रणलगातका विषयमा आफूलाई अनावश्यक रूपमा मुछिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौडेलले इम्बोस्ड नम्बरका विषयमा आफूले डिजाइन मात्र गरेको र सार्वजनिक ऐन बमोजिम नै यातायात व्यवस्था विभागले प्रक्रिया अघि बढाएको दाबी गरे ।
टेन्डर गर्दा तीनवटामध्ये सबैभन्दा सस्तोलाई जिम्मा दिइएको उनले बताए ।
उनले एमआरपी पासपोर्टमा काम गरेको र अहिलेको ईपासपोर्टमा कुनै सहभागिता नरहेको पनि बताए । एमआरपी पासपोर्ट अघि बढाउँदा पनि निकै सस्तोमा नेपाल भित्र्याइएको उनले दाबी गरे ।
त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेसलाई अघि बढाउनका लागि बनेपामा दुई वटा मेसिन भित्र्याइएको र आईआरडीको स्टिकर छाप्ने तयारी भइरहेको बताए ।
Visited 1 times, 1 visit(s) today