नेपाल फाइनान्सको हकप्रदमा आजसम्म आवेदन दिन सकिने |

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदिन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद जारी गरेको हो।
हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार बैशाख २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।