विद्युतीय सवारीमा बढाइएको कर खारेज नगरे शोरुम बन्द गर्ने नाडाको चेतावनी |
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा विद्युतीय सवारीमा लगाइएको कर खारेज गर्न नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले माग गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रवकुमार थाापाले सरकारले अन्त स् शुल्क र भन्सार शुल्कमा गरेको वृद्धिलाई खारेज नगरे आफ्नो शोरुमहरु बन्द गरेकार आन्दोलनमा उत्रने बताएका छन् ।
उनले भने, सरकारको कर वा अन्तशुल्क बढाउन भन्दा पहिला सम्बन्धीत क्षेत्रसँग कुनै पनि प्रक्रिया नै नलिकन हचुवाको भारमा शुल्क बढाएको छ ।’ उनका अनुसार यो बजेट लागू भएपछि बढेको अन्त स् शुल्कले कम मूल्य पर्ने विद्युतीय गाडी महंगो भएको छ। सरकारले विद्युतीय सवारीमा अन्त स् शुल्क ६० प्रतिशतसम्म र भन्सार शुल्कमा १५ प्रतिशतसम्म वृद्धि गरेको थियो।
त्यस्तै नाडाका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठले सरकारले बारम्बार आफ्ना नीतिलाई चलाइरहदा व्यापार गर्ने वर्ग समस्यामा परेको भन्दै १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारीलाई बिलासिताको रुपमा राख्न नहुने बताए।
अर्थमन्त्री जदानर्दन शर्माले प्रस्तुत गरेको बजेटले १०० किलोवाट भन्दा बढी क्षमताका विद्युतिय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक बृद्धि गर्नुले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरिएको गरेको नाडाको बुझाइ रहेको छ । नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतिय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महशुल कायम गर्न सरकारसंग नाडाले माग समेत गरेको छ ।
त्यसैगरी, सो बजेटमा सरकारले २०० सि.सिसम्मका मोटरसाइकललाई सर्वसाधरण जनताले प्रयोग गर्ने सवारी साधनको रुपमा रहेका छन् । २०० सि.सिभन्दा माथिका मोटरसाइकलमा गरिएको अन्तःशुल्क तथा भन्सार महशुलमा अत्यधिक वृद्धिका कारण अटोमोवाइल व्यवसायीहरुले अव आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था उत्पन्न हुने भएको समेत बताए ।