हाइब्रीड शिक्षालाई साहायता गर्दै राकुटेन भाइबर |
काठमाडौं । विश्वभर नि:शुल्क र सरल सञ्चारका लागि प्रयोग गरिने प्रमुख एपहरूमध्ये एक राकुटेन भाइबर नेपालका विद्यालयहरूले आफ्नो भौतिक कक्षाहरू पुनः सञ्चालन गरेपछि पनि शिक्षणसिकाइमा सहायक बन्दै आएको छ ।
नेपालको शिक्षा प्रणालीले नयाँ किसिमको सिकाइलाई अवलम्बन गरिरहेको अवस्थामा राकुटेन भाइबरले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीचमा सहजीकरण गर्न निर्णायक भूमिका खेलिरहेको छ ।
शैक्षिक गतिविधिहरूमा फलदायी रहने अतिरिक्त फङ्कशनहरूलाई प्राथमिकता दिने र विस्तार गर्ने कुरामा भाइबर प्रतिबद्ध छ । यस विश्वसनीय मेसेजिङ एपले विद्यार्थी, शिक्षक र अभिभावकहरूबीचको सञ्चारमा रहने ग्यापलाई सजिलो र प्रभावकारी रूपमा कम गर्न विभिन्न फिचरहरूलाई प्राथमिकता दिई विकसित गरेको छ ।
भाइबरका प्रयोगकर्ता-मैत्री, सुरक्षा र गोपनीयताको सुनिश्चितताजस्ता फिचरहरूको लाभ उठाउँदै अहिले भौतिक कक्षाहरू पुनः सुचारू गरिएको अवस्थामा पनि विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीहरूले भाइबर एपको प्रयोग गरिनै रहेका छन् ।
नेपालका धेरै विद्यालयहरूले अझै पनि भाइबरको प्रयोग गरिरहेको एक अध्ययनले जनाएको छ । उक्त अध्ययन अनुसार विद्यालयहरूले आफ्नो सूचना र शैक्षिक पाठ्यक्रम प्रसारित गर्न र कार्यान्वयन गर्न भाइबरको प्रयोग गर्छन् । उदाहरणका लागि, विद्यालय र अभिभावकहरूले अहिले पनि सामूहिक छलफल गर्न र बैठकहरूमा सहभागी हुन भाइबर ग्रुप च्याटको प्रयोग गरिरहेका छन् ।
ड्याफोडिल बोर्डिङ स्कूल, अनल ज्योति स्कूल भाइबर प्रयोग गर्ने केही विद्यालयहरू हुन् जसले आफ्नो सूचनालाई प्रसारित गर्न र पाठ्यक्रमलाई परिचालित गर्नका लागि भाइबर प्रयोग गर्छन् । "हामीले पुनः कार्यालय समय र भौतिक कक्षा सुचारू गरेता पनि अझै भाइबरको प्रयोग गरिरहेका छौँ । हामीसँग धेरै भाइबर ग्रुपहरू छन् : विद्यालय प्रशासन-अभिभावक ग्रुप, शिक्षक-विद्यालय प्रशासन ग्रुप र शिक्षक-विद्यार्थी ग्रुप ।
यदि हामीले कुनै किसिमको सूचना प्रवाह गर्नुपर्छ भने हामी भाइबरको विद्यालय प्रशासन-अभिभावक ग्रुपमार्फत् गर्छौँ । त्यसैगरी, हामी आन्तरिक बैठकहरू गर्न शिक्षक-प्रशासन ग्रुपको प्रयोग गर्छौँ भने हामीले विश्वव्यापी महामारीका कारण गुमेको समयलाई परिपूर्ति गर्न भाइबर ग्रुपहरू प्रयोग गर्दै आएका छौँ ।
यस माध्यमबाट विद्यार्थीहरूबीच कक्षाका नोटहरू मात्र आदानप्रदान हुँदैनन्, कहिलेकाहीँ शिक्षकहरूले पनि एपमार्फत् विद्यार्थीहरूसँग विभिन्न सिकाइका स्रोतहरू साझा गरी आफ्नो गुमेको शिक्षण समयलाई व्यवस्थापन गर्न सक्छन् । म यसलाई नेपालको शिक्षण प्रणालीमा लिइएको एउटा ठूलो फड्को मान्छु ।" अनल ज्योति विद्यालयका प्रधानाध्यापक निरोज महर्जनले भने ।
यसैगरी, कोभिड-१९को जोखिम कम हुँदै गरेको अवस्थामा एसईई प्रेपरेशन नेपाल, नेपाल अनलाइन स्कूल, एनइबी कक्षा ११-१२ जस्ता केही लोकप्रिय शैक्षिक भाइबर च्यानलहरू विविध विषयहरूसँग सम्बन्धित शैक्षिक जानकारी र सिकाइ सामग्रीहरू आदान-प्रदानमा धेरै प्रभावकारी र उपयोगी साबित भइरहेका छन् । "एसईई प्रेपरेशन नेपालले मलाई धेरै ढंगबाट मद्दत गरेको छ ।
भाइबरको च्यानलमा साझा गरिएका नोटहरू मेरो अध्ययनका लागि धेरै उपयोगी सिद्ध भएका छन् । मलाई कुनै पनि विषयको बारेमा कुनै दुविधा भएमा च्यानलको कमेन्टहरूमा मेरो जिज्ञासा लेख्नेबित्तिकै एडमिनहरूमार्फत् तुरुन्तै मार्गदर्शन र नोटहरू प्राप्त गर्दछु । मलाई यस प्लेटफर्मको यो सुविधा उत्कृष्ट लाग्छ ।" एसईईका एक छात्रा आयुष्मा नकर्मीले भनिन् ।
यसै गरी, विद्यार्थीहरू अहिले पनि भाइबर ग्रुप च्याट कम्यूनिटी, र च्यानल प्रयोग गर्न उत्तीकै उत्साहित छन् । भौतिक कक्षाहरू सुरु भए पनि, उनीहरू अझै भाइबरमा आफ्ना शिक्षकहरू र साथीभाइको साथ सहकार्य गर्दै पठन पाठनलाई सहज र रमाइलो बनाउने गरेको पाइएको छ ।
“हाम्रो विद्यालयले आफ्नो भौतिक कक्षाहरू सुचारु गरे पनि, हामीले लकडाउनको समयमा सिर्जना गरेका भाइबर ग्रुपहरू अझै पनि प्रयोग गर्छौँ । ग्रुपमा हामी प्रायः शिक्षक र साथीहरूसँग सहकार्य गर्छौँ। हामी नोटहरू आदान प्रदान गर्छौँ र कसैलाई समस्या हुँदा एक अर्कालाई मद्दत गर्नेगर्छौँ। कहिलेकाहीँ, हामी हँसीमजाक गर्छौँ, हामी ‘फन्नी’स्टिकर र लेन्सहरू पठाउँछौँ। मलाई लाग्छ म मेरा शिक्षक र साथीहरूको नजिकै छु।" अक्षरा स्कूलको छात्र शाश्वत आर्यलले आफ्नो अनुभब बताए । शाश्वत नौँ कक्षामा अध्ययनरत विद्यार्थी हुन् ।
त्यसैगरी, चाहे त्यो व्यक्तिगत मेसेजिङका लागि होस् वा कुनै पनि अभिभावक-शिक्षक मिटिङका लागि होस् भाइबरले अभिभावकहरूलाई विभिन्न प्रायजनहरूका लागि अनावश्यक एपहरू राख्ने बोझबाट छुटकारा दिएको छ । विद्यालय र शिक्षकहरूसँग नियमित रूपमा सञ्चार गर्न भाइबरमार्फत धेरै सजिलो भएको अभिभावकहरू बताउँछन्।
“मैले लामो समयदेखि भाइबर प्रयोग गर्दै आएको छु। र जब अनलाइन शिक्षालाई प्रबर्द्धन गर्न भाइबर थप सुविधाहरू र योजनाहरूको साथ आयो; यो कुरा मेरा लागि थप राहतपूर्ण बन्न गयो। म अन्य एपहरू राख्नुपर्ने बोझबाट मुक्त भएँ । आज, हामी अभिभावकहरूले हाम्रा बालबालिकाको विद्यालय गइ राख्नु पर्दैन, हामी भाइबर ग्रुपमार्फत मिटिङहरूमामा उपस्थित हुन सक्छौँ । म भाइबरप्रति धेरै आभारी छु।" एक अभिभावकले भने ।
भाइबरले निकट भविष्यमा हाइब्रिड लर्निङ प्रणालीलाई मद्दत पुग्ने थप कार्यक्रम र योजनाहरू ल्याउँदै छ । जसमध्ये विद्यालयहरूलाई लक्षित गरी हाइब्रिड सिकाइ प्रणालीका लागि प्रयोग गर्न सकिने भाइबर सुविधाहरूबारे प्रशिक्षण गर्न ल्याइन आँटेको वेबिनार एक हो । वेबिनार यो वर्षको तेस्रो क्वाटरमा हुने अपेक्षा गरिएको छ ।
“महामारी घट्दै गएको छ र विद्यालयहरूले आफ्नो भौतिक कक्षाहरू पुनः सुरु गरिसकेका छन् । भाइबर अझै पनि हाइब्रिड सिकाइ प्रणालीहरू वढ्वा दिने उपकरण र योजनाहरूलाई प्राथमिकता दिन र विस्तार गर्न प्रतिबद्ध छ। हाल हामी धेरै शैक्षिक योजनाहरूमा काम गरिरहेका छौँ जुन छिट्टै व्यवहारमा आउनेछ । यी योजनाहरू शिक्षामा पहुँचका लागि महत्त्वपूर्ण आधार हुनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु ।” एशिया प्यासिफिक भाइबरका लागि प्रमुख डाइरेक्टर डेभिड त्सेले बताए ।