एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२२ सम्पन्न |

काठमाडौं । एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ को सफलतापूर्वक सम्पन्न गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।
एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पु¥याउँदै आएको छ ।
यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।
जेठ २० गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२२ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत भाषणबाट आरम्भ गरेको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख जी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति दिएका थिए ।
कार्यक्रममा एशियन पेन्ट्स नेपालले आर्किटेक्ट र इन्टेरियर डिजाइनरका लागि मुड बोर्ड प्रतियोगिता शुरु गरेको थियो । मुड बोर्ड प्रतियोगिताका उत्कृष्ट ५ विजेताहरुलाई एशियन पेन्ट्स नेपालले पुरस्कृत गर्नेछ ।
कलर नेक्स्ट २०२२ को सन्दर्भमा कन्सेप्शन इन्टेरियर प्रालिकी निर्देशक तेजिता वैद्य अमात्यले भनिन्, ‘कलर नेक्स्ट २०२२ एक राम्रो अनुसन्धान गरिएको प्लेटफर्म हो र कलर नेक्स्ट २०२२ मार्फत गरिएको रङको पूर्वानुमान समाजमा गहन अनुसन्धानको नतिजा हो । हाम्रो डिजाइनमा यी प्रवृतिहरू लागू गर्न एक सजिलो एप्लिकेसन छ– हामी प्रत्येक ट्रेन्डबाट सामग्री, बनावट, रङ लिन सक्छौं र निश्चित इन्टेरियर स्थानको लागि उपयुक्त हुने गरि निश्चित ढंगले तिनको प्रयोग गर्नसक्छौ । डिजाइनरको रूपमा, यी ट्रेन्डहरूले हामीलाई हाम्रो सिर्जनात्मक झुकावलाई यथासक्दो उजागर गर्न मद्दत गरेको मलाई लाग्दछ ।’