रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य |
काठमाडौं । रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रथ तान्ने भक्तजनहरुलाई दुई सय थान टिसर्ट सांग्रिला डेभलपमेन्ट बैंक, कुमारीपाटी शाखा मार्फत वितरण गरेको हो ।
ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई मिति २०७९ साल जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई २०७९ साल जेष्ठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गरेको छ ।
यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।