सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रायमाझी नियुक्त |

काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नेपाल बंगलादेश बैंक बाट बैंकिङ्ग शुरु गरेका रायमाझीसँग नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभु बैंक)मा गरी कुल एक्काइस बर्षको बैंकिङ अनुभव रहेको छ ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत रायमाझीले बैंकमा पु¥याएको योगदानको उच्च कदर गर्दै बैंकको संचालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे ।