पल शाहलाई थुनामा राख्ने आदेश सदर |

काठमाडौं । जबर्जस्ती करणीको आरोपमा हिरासतमा रहेका नायक पल शाह (पूर्णविक्रम शाह)लाई थुनामै राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ। थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गर्दै सो आदेश दिएको हो।
बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो।
तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो। उक्त आदेश खारेज गरिपाऊँ भन्दै शाहका तर्फबाट निवेदन परेको थियो।