दुध दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनद्वारा विभिन्न कार्यक्रम सम्पन्न |
काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डको र नेपाल डेरी एशोसिएशनको आयोजनामा ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दुध दिवसको पूर्वसन्ध्यामा बोर्ड र एशोसिएशनको आयोजनामा मनाल्सु वर्ड कलेज, प्राक्सिस ईन्टरनेशनल एकाडेमी चुच्चेपाटि, चावहिल, र चाँगुनारायणमा कार्यक्रम सम्पन्न गरिएको हो ।
एसोसिएशनका अध्यक्ष सापकोटाले एसोसिएशनले गरेका गतिविधि बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए । कार्यक्रमबारे प्राष्ट पार्दै एसोसिएशनका महासचिव प्रल्हाद दाहालले दुधको महत्व, विश्व दुध दिवसको बारेमा बताए । एसोसिएशनका उपाध्यक्ष राजनप्रसाद दाहालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै दुध तथा दुग्ध पदार्थ सेवन गर्दाको महत्व एवं एसोसिएशनको इतिहासको बारेमा स्पष्ट पारे ।
प्रमुख अतिथि बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले एसोसिएशनले गरेका कामको प्रशंसा गर्दै बालबालिकाहरुलाई बजारमा पाइने जंकफुड खानुभन्दा बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ खाने प्रस्ताव गरे । एसोसिएसनले विश्व दुध दिवसमा खेलेको विशेष भूमिकाले दुग्ध क्षेत्रको विकासमा टेवा पुग्ने बताउँदै बोर्डले गरेका कार्यक्रमका बारेमा बताए ।