मंगलम इन्डष्ट्रिजको बिक्रीमा २०६% को वृद्धि |
काठमाडौँ । नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै २०६% ले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपियाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ ।
कम्पनीले २०१८ मा ३७ करोड रुपियाँ र २०१९ मा ५१ करोड रुपियाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६% ले घटेको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, 'लगातार २ वर्षको कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको छ । निर्माण व्यवसाय सम्बन्धी गतिविधिहरू पुरानै लयमा फर्किन थालेपछि हाम्रो बिक्री पनि बढेको हो । हाम्रा उत्पादनहरूको गुणस्तरीयता र यिनीहरूप्रति उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीहरूको कम्पनीप्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफल भएको हो ।'