महानगरको समस्या र गुनासो सुन्न कल सेन्टर, इन्फ्रास्टकचर एम्बुलेन्स सुचारु गर्ने |

काठमाडौं । काठमाडौं महानगरले महानगर भित्रका गुनासो सुन्न कलसेन्टर स्थापना गर्ने भएको छ ।
सोमबार नवनिर्वाचित मेयर बालेन्द्र शाहले नगर कार्यपालिकाको बैठकमा आगामी योजना सार्वजनिक गर्दै यस्तो बताएका हुन । ‘५ बर्षमा काम गर्न आएका हौंं रमाइलो पछि गरौंला’ बालेनले भने ३२ ओटै वडाको गुनासो महानगरले लिन्छ’ ।
त्यस्तै साहले इन्फ्रास्टकचर एम्बुलेन्स समेत सुचारु गर्ने बताए । सो एम्बुलेन्सले कलसेन्टरबाट आएको गुनासो तत्काल समाधन गरिहाल्छ ।