नेपालमै एसेम्बल गाडी उत्पादनको बाटो खुल्यो, कार्यान्वयन होस् : नाडा अध्यक्ष थापा |
काठमाडौं । नाडा अटोमोबाइल एसोसियसन नेपालका अध्यक्ष ध्रुव थापाले बजेट मार्फत सरकारले नेपालमा चारपाग्रे सवारीसाधन एसेम्बल उत्पादन गर्ने बाटो खुलाएको बताएका छन् ।
विद्युतिय सवारी एसेम्बलमा थप सहुलियत दिदै बजेट आएको भन्दै थापाले स्थिर नीति र कार्यान्वयनमा चुनौति रहेको बताए ।
‘सरकारले चारपाग्रे सवारी एसेम्बल उद्योगकालागि कच्चा पदार्थ आयातमा ५० प्रतिशत अन्तशुल्क छुट दिने निर्णय गरेको छ । त्यस्तै भन्सार महशुलमा २५ प्रतिशत छुट दिएको छ’ थापाले भने ‘यो समग्र अटो व्यवसायीका लागि सकारात्मक बिषय हो ।’
त्यस्तै विद्युतिय सवारी तर्फ सरकार सकारात्मक नै रहेको र यस बजेटबाट विद्युतिय सवारी नेपालमै उत्पादन गर्न थप सहज हुने भएको थापाको भनाई छ ।
उनका अनुसार काठमाडौं भित्रै प्रदर्शनको लागि अन्तराष्ट्रिय स्तरको प्रदर्शन कक्ष बनाउने बिषयलाई भने समेट्न नसकेको दाबी छ ।
‘बजेटमा सवारीसाधन उत्पादनलाई प्रोत्साहन गर्ने नीति आएका छ, कार्यान्वयनको पाटोमा सरकार सकारात्मक हुनु जारुरी छ ।’