सरकारी ऋणपत्रलाई दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था मिलाउने |
काठमाडौं । सरकारले सरकारी तथा संस्थागत ऋणपत्रहरुलाई दोस्रो बजारमा व्यवस्थित रुपमा कारोबार गर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् ।
उनले ऋणपत्र बजारलाई व्यवस्थित गर्दै सरकारी तथा संस्थागत ऋणपत्रहरुलाई दोस्रो बजारमा व्यवस्थित रुपमा कारोबार गर्ने बताएका हुन् । सरकारी ऋणपत्रलाई दोस्रो बजारमा सूचीकृत गरेर कारोबार गर्नुपर्ने माग हुँदै आए पनि हालसम्म सूचीकृत हुन सकेको छैन ।