आगामी आर्थिक वर्षको बजेट सकरात्मक : शेखर गोल्छा |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेट सकरात्मक आएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै सरकराले स्वागतयोग्य बजेट ल्याएको बताए ।
उनले साना र मझौला उद्योगी व्यवसायीलाई विना धितो कर्जा दिने व्यवस्था उत्कृष्ट भएको बताए । यस्तै, स्टार्टअपलाई सहुलियत दिने व्यवस्था समेत स्वागतयोग्य भएको गोल्छाले बताए ।
यसका साथै, स्टिल, सिमेन्ट र फुटवेयरमा निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्थाले नेपालको निर्यातलाई सुधार्ने गोल्छाको भनाइ छ ।
Visited 1 times, 1 visit(s) today