गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याइने |
काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) भित्र्याउने कुरा पुनः बजेटमा समेटिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले एनआरएनलाई पुँजी बजारमा भित्र्याउने बताएका हुन् ।
उनले रगैरआवासीय नेपालीलार्ई सेयर बजारमा भित्र्याउन कानुन बनाइने उल्लेख गरेका हुन् । यो विषयले बजेटमा प्राथमिकता पाएको पहिलो पटक भने होइन । सरकारले लामो समयदेखि एनआरएनलाई सेयर बजारमा भित्र्याइने विषय बजेटमै उल्लेख गर्दै आएको छ । तथापि, यसले हालसम्म पूर्णता पाउन सकेको छैन ।