चार प्रकारका कम्पनीले अनिवार्य रुपमा आइपीओ निष्काशन गर्नुपर्ने |
काठमाडौं । बजेटले प्राकृतिक स्रोतको उपयोग गर्ने लगायतका ४ प्रकारका कम्पनीहरुले अनिवार्य रुपमा सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ।
बजेटले एक अर्ब रुपैयाँ वा सो भन्दा बढी पूँजी भएका कम्पनी, ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरुको उपयोग कम्पनी, सरकारको अनुदान सहुलियत वा कर छुट प्राप्त गर्ने कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निश्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरेको हो।