नगरपालिकाले १ करोडसम्मको शेयर लगानी गर्न सक्ने |
काठमाडौं । सरकारी स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको पुनसंरचना गरी पूँजी संरचना र संस्थागत क्षमता अभिबृद्धि गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।
उक्त सस्थामा नगरपालिका र गाउपालिकाले क्रमशः १ करोड र ५० लाखसम्मको शेयर लगानी गर्न पाउने व्यवस्था गरिने भएको छ। यसले स्थानीय तहमा किसान, युवा दलित र युवाहरुलाई घरदैलो मै कृषि तथा अन्य उद्यमका लागि कर्जा उपलब्ध हुने उल्लेख छ।