काठमाडौँमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन |
काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकले टोखा न.पा. वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन न.पा. वडा नं.१ स्थित रानिवन चोकमा, का.म.पा. वडा नं. १३ को रिङ्गरोड सितापाईला चोकमा र का.म.पा. वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।