राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकर आचार्य नियुक्त |

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भर्एका छन्। मंगलबारको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो।
शिवाकोटी यसअघि नेपाल राष्ट्र बैंकककै डेपुटी गभर्नर हुन्। आचार्य नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन्। राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनी अवकाश भएका थिए।
यसअघिका सञ्चालक श्रीराम पौडेल र रामजी रेग्मी अवकाश भएपछि सञ्चालक पद रिक्त थियो। मन्त्रीपरिषद्ले उनीहरुलाई पाँच वर्षको लागि नियुक्त गरेको हो।