तीन दिने भारत भ्रमणमा पूर्व मन्त्रि एकनाथ ढकाल |
काठमाडौ । स्थानीय तहको निर्बाचन सम्पन भएर मतगणना अन्तीम चरणमा पुगेको बेला नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल तिन दिने भ्रमणको लागी सोमबार न्यू दिल्ली प्रस्थान गरेका छन् ।
नेता ढकालले दिल्ली स्थित ‘कन्ष्टिटुशन क्लब अफ इंडिया’ मा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्ने ढकालको सचिवालयले जनाएको छ । तीन दिन भारत बसाईका क्रममा अध्यक्ष ढकालले भारतीय नेताहरुसंग पनि आपसी हित र विश्व शान्तिको बारेमा छलफल गर्ने भ्रमण दलका सदस्य तथा परिवार दलका महामन्त्री सन्तोष पौडेलले जानकारी दिए ।
ढकाल ‘इन्टरनेश्नल एशोशिएशन अफ पार्लियामेनटरिएन फर पिस’ एशिया प्याशिफिकका अध्यक्ष समेत हुन् । हालै सम्पन्न स्थानीय तहको निर्बाचनमा ढकाल नेतृत्वको नेपाल परिवार दलले नेकपा एमाले संग तालमेल गरेको थियो । निर्बाचन लगतै अध्यक्ष ढकालको भारत भ्रमणलाई नेपाली राजनीतिमा अर्थपूण रुपमा हेरीएको छ । ढकालको भारतका उच्च स्तरीय नेताहरुसँग राम्रो सम्बन्ध छ ।