नबिल र नेपाल बंगलादेश बैंकको मर्जर रोक्न परेको मुद्धा फिर्ता |
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको प्राप्ति सम्बन्धी मुद्दा फिर्ता भएको छ । नेपाल बंगलादेश बैंकका संस्थापक लक्ष्मीबहादुर श्रेष्ठलेले सर्वोच्च अदालतमा दायर गरेको मर्जर सम्बन्धि मुद्दा फिर्ता लिएका हुन। एनबि समूहकाको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालि र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले १९ बैशाख र २१ बैशाखमा मर्जर सम्झौता विरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेर अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलमा बोलाएर पेशी समेत तोकिकोको थियो । तर, यस्तो अबस्थामा श्रेष्ठले मुद्दा फिर्ता लिएका छन् ।
मर्जको प्रस्ताव पारित गर्नका लागि दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न जेठ ७ गते विशेष साधारणसभा बोलाएका छन् । बैंकले आउदो असारदेखि संयुक्त कारोबार गर्ने योजनामा सम्पूर्ण काम समेत भइसकेको छ । हाल नेपाल बङ्गलादेश बैंकमा नेपाली सफ्ेवेयर पुमरी चलाइएको छ ।
नेविल बैंकमा अर्याकल सफेवेयर चलिरहेको छ । तर, अब बगलादेश बैंकमा चलाइएको पुमरी सफ्वेयरबाट ओर्याकल्समा बगलादेश बैंकको सम्पूर्ण डाटा तयार भइसकेको छ । मर्जका लागि बंगलादेश बैंकका शेयर धेनीले १०० कित्ता शेयर वरावर नबिल बैंकको ४३ कित्ता शेयर पाउने छन् ।