नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न एनआईसी एशिया क्यापिटलले पायो बोर्डबाट अनुमति |
काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
क्यापिटलले एनआईसी एशिया फेलेक्सी क्याप नामक फण्ड सञ्चालनको लागि बोर्डबाट वैशाख २९ गते अनुमति पाएको हो । फण्डले प्रतिइकाइ रू. १० का १० करोड इकाइ निष्कासन गर्नेछ । योजना ब्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ