रियलमी ९ को पछिल्लो थप शृङ्खला नेपालमा सार्वजनिक हुँदै |
काठमाडौं । रियलमी ९ को पछिल्लो थप शृङ्खला नेपालमा चाँडै सार्वजनिक हुने भएको छ । संसारको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले नेपालमा रियलमी ९ शृङ्खलाको पछिल्लो थप शृङ्खला नेपालमा चाँडै ल्याउने भएको छ ।
रियलमी ९ यो सामसंग ISOCELL HM6 ईमेज सेन्सरको साथ आउने विश्वको पहिलो स्मार्टफोनहरू मध्ये एक हुनेछ जसले कम प्रकाशमा फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्ने कम्पनिले बताएको छ ।
कम्पनिको अनुसार रियलमी ९ स्नापड्रागन ६८० प्रोसेसरको साथ आउनेछ जुन ६एनएम प्रक्रियामा आधारित रहेको छ । यो स्मार्टफोन ९० हर्ट्जको सुपर एमोलेड डिस्प्ले सहित १०२४०–स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुने भएको छ ।
यसमा रहेको १६ एमपि सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिनको लागि उपयुक्त हुनेछ जसमा 5000mah को विशाल ब्याट्री क्षमताका साथ 33W ८ एफ ६ चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुने कम्पनिले बताएको छ ।
यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक र्याम विस्तार प्रविधि –डिआरइ पनि समावेश गर्दछ जसले पहिले अवस्थित र्याममा ५ जिबिसम्म थप्न सक्छ ।
यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ। यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड realmeUI 3.0 सँग आउनेछ ।
यसमा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन हुनेछ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ । रियलमी ९ यस महिनाको अन्त्यमा धेरै रङ विकल्पहरू र RAM/Storage भेरियन्टहरूमा लन्च हुने अपेक्षा गरिएको छ।