कुमारी क्यापिटलले जेठ १२ गतेदेखि म्युचुअल फण्ड निष्कासन गर्ने |
काठमाडौं । कुमारी क्यापिटल लिमिटेड अर्को म्युचुल फण्ड निष्कासन गर्ने भएको छ। क्यापिटलले कुमारी धनवृद्धि योजना निष्कासनमा ल्याउन लागेको हो । सो योजनाको इकाइ निष्कासनका लागि जेठ १२ गतेदेखि आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ विक्रीमा ल्याउन लागेको हो।
निष्कासन गरिने कुल इकाइमध्ये कुल विक्री भएको इकाइ संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाइ कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधरणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाइमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाइ विक्री नभएको खण्डमा जेट २६ गतेसम्म आवेदन म्याद थप गर्न सकिने क्यापिटलले जनाएको छ ।
१० वर्ष अवधिको उक्त फण्डको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेबसाइट तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो ।