सुनचाँदीको भाउमा भारी गिरावट, तोलामै एक हजार ३०० रुपैयाँले घट्यो सुन |
काठमाडौं । जेठ महिनाको पहिलो दिन, सुनचाँदीको भाउमा भारी गिरावट भएको छ । आइतबार सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको तोलामा १० रुपैयाँले ओरालो लागेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ ।
वैशाख महिनाको अन्तिम कारोबार दिन अर्थात् वैशाख २९ गते सुन तोलामा ८०० रुपैयाँले वृद्धि भएको थियो । त्यस दिन सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
साताको पहलिो दिन चाँदीको भाउमा पनि गिरावट आएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २४० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
बिहीबार भने चाँदीको भाउ तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भएको थियो ।