चुनाव लगत्तै डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि |

काठमाडौं । नेपाल आयत निगमले डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि गरेको छ । शनिबार सार्वजनिक गरिएको निगमको सूचनामाडिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले वृद्धि भएको उक्त मूल्य आज मध्यरातदेखि लागू हुनेगरी वृद्धि गरेको जनाएको छ ।
सरकारले वृद्धि गरेको पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने वृद्धि नभएको निगमले जनाएको छ ।