मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी |

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितको खाता खोलेको छ । निर्वाचनको मतगणनाअनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् ।
उनी १ सय ५८ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १ सय ११ मत ल्याएर पराजित भए ।