स्थानीय निर्वाचनका सम्बन्धमा उद्योग वाणिज्य महासंघको अनुरोध |

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय निर्वाचनमा आफ्ना कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन नीजि क्षेत्रलाई अनुरोध गरेको छ। महासंघले वैशाख ३० गते, शुक्रवारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै सो दिन श्रमिक-कर्मचारी निर्वाचनमा सहभागी हुने व्यवस्था गर्न सबैमा आग्रह गरेको छ।
उक्त दिन निजी क्षेत्रका उद्योग-प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक-कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग हुन सम्बन्धित सबैमा उद्योग वाणिज्य महासंघले एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ।