निर्वाचन लक्षित टेलिकमको अफरः ९८ रुपैयाँमै ६ जीबि डेटा,सबै नेटवर्कमा २०० मिनेटको भ्वाइस प्याक |
काठमाडौं । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा ‘निर्वाचन अफर’ ल्याएको छ ।
९८ रूपैयामा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डेटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले यो अफर उपलब्ध गराउने भएको हो । यो अफर वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।
यस अन्तर्गत तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक ९८ रूपैयामा उपलब्ध हुनेछ ।
त्यस्तै तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि ९८ रूपैयामा उपलब्ध हुनेछ ।
त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक पनि ९८ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।