बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई होटल, बुटिकदेखि क्लिनिकसम्म विशेष छुट |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको विशेष छुट उपल्वध गराएको छ ।
बैँकले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।
सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेस्ट्रो र बगैचा, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, इथो रेस्टुरेन्ट र थकाली किचन, वित्र्तामोडमा १० प्रतिशत, नोबेल होटल एण्ड स्विमिङ कम्प्लेक्स प्रा.लि, इमाडोलमा १० प्रतिशत, ःमिटिङ पोइन्ट भोजनालय र बार, वित्र्तामोडमा ५ प्रतिशत, होटल अर्थ लाइट प्रा.लि, सौरहा, चितवनमा २० प्रतिशत, चिकन स्टेशन, इमाडोलमा १० प्रतिशत तथा सोल्मारी रेस्ट्रो एण्ड मिटिंग प्रा. लि, इमाडोलमा १५ प्रतिशतको छुट पाउन सकिनेछ ।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडिसिटी फार्मेसी, वित्र्तामोडमा १० प्रतिशत, रामजानकी अस्पताल प्रा.लि, जनपुरमा १५ प्रतिशत तथा नमो मनकामना डेन्टल एण्ड क्लिनिक प्रा.लि, इमाडोलमा २५ प्रतिशतको छुटको ब्यवस्था रहेको छ ।
साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको तानास्का फैशन स्टुडियोमा १५ प्रतिशत छुट पाउनेछ । जिम÷फिटनेस सेन्टर अन्र्तगत सेफ फिटनेस जिवाई, ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशत सम्मको छुट रहेको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्नसकिनेछ ।