अन्नपूर्ण केवलकारमा यात्रुका लागि निːशुल्क बस सेवा सुरु |
पोखरा । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ ।
बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।
केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निːशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।
केवलकारमा यात्रा गर्नुहुने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ː२५ मा फिस्टेल गेट, ४ː३० मा आम्बोट गेट, ४ː३५ मा गौरीघाट, ४ː४० मा बाराही चोक, ४ː४५ मा सेन्टर पोइन्ट र ४ː५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ ।
केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ«ेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहनुहुने पर्यटकको लागि यो सुविधा प्रदान गर्न लागिएको हो ।