महाबलेश्वर डेरीको रेभा एमडिआई मिल्क ड्रिंक्स बजारमा, व्यापार घाटा कम गर्ने विश्वास |

काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रा. लि. ले नयाँ उत्पादन रेभा एम.डि.आई ब्राण्डको मिल्क ड्रिंक्स बजारमा ल्याएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महाबलेश्वर डेरीले रेभा एम.डि.आई. मिल्क ड्रिंक्स सार्वजनिक गरेको हो ।
औद्योगिक नगरी बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यवसायिक प्रतिष्ठनका रुपमा स्थापना भएको महाबलेश्वर डेरी नयाँ उत्पादन सँगै आफ्ना उत्पादनहरु काठमाडौं उपत्यका सहित नेपालभरी अधिकृत बिक्रेतामार्फत बिक्री वितरण शुरु गरेको हो।
उद्योगले स्वदेशमा नै गुणस्तरीय सामानहरु उत्पादन गरी सर्वसुलभ दरमा उपभोक्ताहरुमाझ पुर्याउने लक्ष्य लिएको उद्योगका सञ्चालक मेघराज भण्डारीले बताए । उद्योगले नेपालमा उत्पादन नहुने टिनको क्यानबाहेक अन्य सामाग्रीहरु स्वदेशी नै प्रयोग गरेको र समग्र साधन स्रोतको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गरी उद्योग सञ्चालन गरेको संचालक भण्डारीले बताए ।
एम.डि.आई. मिल्क ड्रिंक्स जस्ता उत्पादनले विदेशी उत्पादन आयात कम भई देशको व्यापार घाटालाई कम गर्न सहयोग गर्ने उनको भनाइ छ । क्यानमा लाग्दै आएको भ्याट बढि भएकोले सरकारले यसमा शतप्रतिशत छुट तथा भन्सार महशुल करलाई १५ घटाए विदेशी उत्पादनसगँ प्रतिस्पर्धा गर्नका लागि सहज हुने उनले बताए ।