गोदरेज एप्लायन्सेसको ब्रान्ड एम्बेस्डरमा खुराना |
काठमाडौं । गोदरेज ग्रुपको प्रमुख कम्पनीले आफ्नो व्यवसायिक इकाई गोदरेज एप्लायन्सेसको लागि बलिउड अभिनेता आयुष्मान खुरानालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। गोदरेज एप्लायन्सेसमा रेफ्रिजिरेटर, एयर कन्डिसनर, वासिङ मेसिन, डिशवाशर, माइक्रोवेभ ओभन र एयर कूलर जस्ता थुप्रै उत्पादनहरु रहेको छ।
ब्रान्ड एम्बेसडर नियुक्त गर्ने निर्णयको बारेमा टिप्पणी गर्दै, गोदरेज एप्लायन्सेसका बिजनेस हेड र कार्यकारी उपाध्यक्ष कमल नन्दीले भने, “बढ्दो मागसँगै हामीले हाम्रो ब्रान्ड रिकललाई पनि बलियो बनाउन चाहन्छौं। हाम्रो सावधानीपूर्वक मूल्याङ्कनले हामीलाई आयुष्मान खुरानामा पुर्यायो जसले ब्रान्ड भ्यालु बढाउन प्रभाबकारी भूमिका खेल्नेछ। गोदरेजले जस्तै आयुष्मानले पनि आफ्नो प्रशंसकहरुको आफु प्रतिको उच्च विश्वसनीयतामा विश्वाश गर्दछ। उनी प्रगतिशील कन्टेन्टसँग सम्बद्ध हुनका लागि पनि परिचित छन्। हामी विश्वास गर्छौं कि यो साझेदारीले हामीलाई उपभोक्ताहरूसँग जोड्न र “'थिंग्स मेड थाटफुली'” भन्ने हाम्रो ब्रान्ड फिलोसोफीलाई अझ बलियो बनाउन मद्दत गर्नेछ।“
यसैगरी निर्यात प्रमुख सलाम सोनामणी सिंहले भने, “दुई वर्षपछि यो गर्मी मौसममा बजारहरू उछालिएको देख्न पाउँदा हामी खुसी छौं। हामीले हाम्रो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएकाले नेपाल हाम्रा लागि प्रमुख बजार हो। आयुष्मान खुराना नेपालीहरु माझ लोकप्रिय छन् र हामी विश्वस्त छौं कि बलिउड अभिनेतासँगको यस सम्बन्धले ब्रान्ड रिकल बढाउनेछ र हरेक घर र कार्यस्थलमा गोदरेज हुने हाम्रो भिजन हासिल गर्न एक कदम अगाडि लैजानेछ। नेपाली बजारको सन्दर्भमा हामीले विगत ३ वर्षमा २५ प्रतिशतको सीएजीआर हासिल गरेका छौं।"
गोदरेज एण्ड बॉयसको व्यवसायिक इकाई, गोदरेज एप्लायन्सेस भारतको प्रमुख एप्लायन्सेस कम्पनीहरू मध्ये एक हो। गोदरेज एण्ड बॉयस सन् १९५८ मा रेफ्रिजरेटर उत्पादन गर्ने पहिलो भारतीय कम्पनी थियो र त्यसबेलादेखि गोदरेज एप्लायन्सले 'थिंग्स मेड थाटफुली' भन्ने नारालाई सार्थकता दिदै वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, फ्युचरिस्टिक थर्मो-इलेक्ट्रिक कूलिङ सोलुसन, एयर कूलर, डीप फ्रिजर, मेडिकल रेफ्रिजरेटर र हालसालै, युभिसि टेक्नोलोजीमा आधारित कीटाणुनाशक उपकरणहरू र डिशवाशर जस्ता अन्य धेरै क्याटगोरीहरूमा आफ्नो पोर्टफोलियो विस्तार गरेको छ।