विश्व चर्चित ब्राण्ड टमी हिलफिगर नेपालमा पनि |
काठमाडौं । युवा उद्यमी रूपेश पाण्डेयले विश्वप्रख्यात ब्राण्ड टमी हिलफिगर नेपाल भित्र्याएका छन् । अमेरिकी ब्राण्ड टमी हिलफिगर विशेष गरेर नयाँ पुस्तामाझ चर्चित ब्राण्ड हो ।
अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा, जुत्ता तथा महिलाका पहिरन बिक्री वितरण गरिरहेका आर.पी. ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका पाण्डेयले युवाहरूको चाहना र मागलाई मध्यनजर गर्दै यो ब्राण्ड पहिलो पटक नेपाल भित्र्याएका हुन्।
टमी हिलफिगरको ब्राण्ड खरिदका लागि उपभोक्ताले ललितपुरको लबिम मलमा रहेको पसल नं. ००१ को आउटलेट भिजिट गर्न आरपी ग्रुपकी कर्मचारी रश्मी खत्री बताउँछिन् । टमी हिलफिगर ब्राण्डका कपडा विशेष गरेर बालबालिका, महिला र पुरुषका लागि पाइने पनि खत्रीको भनाइछ ।