नेप्सेमा सूचीकृत संस्थाको वर्गिकरण पुनरावलोकन, ज्योति विकास बैंक र सानिमा माई क्लास ‘ए’ मा अपग्रेड |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण पुनरावलोकन गरेको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चैत ६ गते सर्वजनिक गरेको सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण पुनरावलोकन गरेको हो ।
नेप्सेले वर्गिकरण पुनरावलोक गर्नपर्ने दाबी सहित ३५ दिन भित्र आवेदन गर्न माग गरेको थियो ।
त्यस अनुसार नेप्सेले ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावर क्लास 'ए' मा अपग्रेड भएको जनाएको छ ।