भिभो वाई३३एसले टेक्नोलोजिकल र डिजाइन ड्रिभन इनोभेसनलाई पुनः परिभाषित गर्दै |
काठमाडौं । भिभोले हालै नेपालमा ५००० एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअप सहित वाई३३एस नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। भिभोका वाई सिरिजका स्मार्टफोनहरू सुलभ मूल्यमा उपलब्ध छन् र वाई३३एस पनि याेभन्दा फरक छैन ।
ट्रिपल क्यामेरा भएको भिभो वाई३३एसले ५०एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा ल्याएको छ । ५०एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक गर्दै उच्च फोटोग्राफीलाई पुनः परिभाषित गर्दछ जसको परिणाम स्वरूप सामान्य प्रकाश र कम–प्रकाश परिदृश्यहरूमा पनि उत्कृष्ट विवरणका तस्वीरहरू खिच्न सकिन्छ । यसबाहेक, जुम इन वा क्रप आउट गर्दा पनि पूर्ण स्पष्टता कायम राख्दै तस्वीरको गुणस्तर कम हुँदैन । यसबाहेक, रातमा सुपर नाइट सेल्फी नोइज रिडक्शन टेक्नोलोजी र औरा स्क्रिन लाइटले प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि आवश्यक प्रकाश प्रदान गर्दछ ।
भिभोले उपकरणलाई प्रभावकारी रूपमा काम गर्ने ८ जीबी मेमोरीसहितको र्याम २.० ल्याएको छ । धेरै एपहरू बिना कुनै ढिलाइ एकैसाथ चलाउन यसको ४जीवी निष्क्रिय रोमलाई र्याममा विस्तार गर्न सकिन्छ । विस्तारित र्याम २.० को एउटा फाइदा भनेको यसले प्रयोगकर्ताहरूलाई बिना कुनै झनझट एकबाट अर्को एपमा स्विच गर्न सहज बनाउँछ । स्मार्टफोनमा १२८ जीबी रोम पनि छ, त्यसैले प्रयोगकर्ताहरूले नयाँ फोटो, भिडियोहरु राख्नका लागि पुराना तस्बिरहरू, भिडियोहरू वा एपहरू हटाइ राख्नु पर्दैन । हेलियो जी८० प्रोसेसरको साथ, वाई३३एस ले राम्रो गेमिङ अनुभव प्रदान गर्दछ ।
स्मार्टफोनमा ५०००एमएएच ब्याट्री र १८ वाट्ट फास्ट चार्ज छ जसले उपकरणलाई छिट्टै चार्ज गरेर प्रयोगकर्ताहरूको धेरै समय बचत गर्दछ । १८२ ग्राम हलुका तौल भएको यो भिभोको बजेट–अनुकूल वाई सिरिजका स्मार्टफोनहरूमा डिजाइन–ड्रिभन विशेषता छन् । ट्रिपल क्यामेरा मोड्युलको साथमा ब्रान्डले स्मार्टफोनको भिजुअल अपीललाई बढाउँदै यसको सिग्नेचर डुअल टोन स्टेपमा कम्पोनेन्टहरूलाई स्मार्ट रूपमा व्यवस्थित गरेको छ ।
भिभो वाई३३एस मिरर ब्ल्याक र मिडडे ड्रीम – दुई अद्वितीय रंगहरूमा उपलब्ध छ । मिरर ब्ल्याक स्मार्टफोनमा चम्किलो कालो रंगका लागि डबल लेयर कोटिंग प्रविधि प्रयोग गरिएको छ भने मिडडे ड्रीममा औंलाका छाप नबस्नका लागि लिक्विड क्रिस्टल कोटिंगको साथ एजी बनावटलाई हाइलाइट गरिएको छ ।