सूर्या लाइफको कामु नायव महाप्रवन्धकमा मेघेन्द्रप्रकाश गिरी नियुक्त |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको कायम मुकायम नायव महाप्रवन्धकमा मेघेद्रप्रकाश गिरी नियुक्त भएका छन्।
कम्पनीले ९ वैशाखदेखि नै लागू हुने गरी उनलाई ब्रान्ड डिजिटल मार्केटिङ र पब्लिक रिलेसन प्रमुख पदमा नियुक्त गरेको जनाएको हो । सोअनुसार गिरीले ९ वैशाखदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।
गिरीले यसअघि एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्डिङ र पब्लिक रिलेसन विभागको जिम्मेवारी सम्हालेका छन् । गिरीसँग ब्रान्डिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनले करिब दुई दशक यस क्षेत्रमा काम गरेको अनुभव सँगालिसकेका छन् ।
बर्दियाको गुलरियामा जन्मिएका गिरीले एमबीए र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।