अब नोकिया बार फोनहरूमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी |
काठमाडौं । अब नेपाली उपभोक्ताहरूले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो ।
उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टी अझै बढाउन नोकियाले आफ्नो बार फोनहरूमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो । यो क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले आधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँ फोनसँग साट्न सक्नेछन् । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागु हुनेछ ।