बूढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लीन अप इभेन्ट’ |
काठमाडौं । मेटलाइफ नेपालसँगको सहकार्यमा क्लिन अप नेपालले बूढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लीन अप इभेन्ट’ सम्पन्न गरेको छ । आइतबार सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय, नागरिक समाज, सरकारी तथा निजी संघसंस्थालाई एकताबद्ध बनाउन सहयोग गरेको थियो ।
कार्यक्रममा बुढानिलकण्ठ नारायणथान व्यवस्थापन समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, महानगरीय प्रहरी प्रभाग, वातावरण संरक्षण अभियान नेपाल (इसिआइ) र युवा समूहको सहभागिता थियो ।
विभित्र प्रकारका फोहोर र फोहोर छुट्याउने विषयमा सहभागीहरुलाई जानकारी दिएर कार्यक्रम सुरु भएको थियो । त्यसैगरी सहभागीहरूलाई विभित्र समूहमा विभाजन गरी मन्दिर वरपरका विभित्र ठाउँमा सरसफाइका लागि परिक्रमा गरिएको थियो । उचित फोहोर व्यवस्थापनको महत्वबारे जनचेतना जगाउने मुख्य उद्देश्यका साथ भएको सरसफाई कार्यक्रममा ५५ जना सहभागी थिए ।