सानिमा बैंकको नाफा घट्यो |
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको भन्दा १४.२०% ले थोरै हो । गत वर्ष यसले १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा पनि ४८.१२% ले घटेर ७३ करोड १२ लाख रुपैयाँमा झरेको छ ।
चैत मसान्तसम्म आइपुग्दा सानिमाको खुद ब्याज भने आम्दानी २.६१% ले बढ्दा सञ्चालन नाफा भने १४.६१% ले घटेको छ । बैंकको निक्षेप संकलन १४.३३% र कर्जा लगानी १५.२६% ले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ८६ पैसाले घटेर १८ रुपैयाँ ८७ पैसा कायम भएको छ । चैत मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३५ पैसा छ ।