एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड |
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ०.५९% ले धेरै हो ।
गत वर्ष यसले १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २४.५६% र ०.६२% ले बढेको छ ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा भने १६२.४६% ले बढेर २ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । एभरेष्टको निक्षेप संकलन ०.९८% र कर्जा लगानी १२.२२% ले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ १५ पैसाले घटेर २१ रुपैयाँ ४५ पैसा कायम भएको छ । एभरेष्टको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ २७ पैसा छ ।
FacebookTwitter