नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको भन्दा १२.९९% ले थोरै हो । गत वर्ष यसले २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा भने ६५.८९% ले घटेर ४७ करोड २४ लाख रुपैयाँमा झरेको छ ।
चैत मसान्तसम्म आइपुग्दा इन्भेष्टमेन्टको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९.०३% र १२.१७% ले घटेको छ । यसले गर्दा बैंकको नाफा घट्न पुगेको छ । बैंकको निक्षेप संकलन ३.१३% र कर्जा लगानी ५.३५% ले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ४३ पैसा (वार्षिक) ले घटेर १८ रुपैयाँ ०४ पैसा (बार्षिक) कायम भएको छ । चैत मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९७ पैसा छ ।