प्राइम बैंकको खुद नाफा घट्यो |
काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३.३९% ले घटेर २ अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँमा आएको छ ।
गत वर्षको यसैअवधिमा भने २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, वितरणयोग्य नाफा चैत मसान्तसम्म १ अर्ब ४१ करोड ४४ लाख ६ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्ग्दा प्राइमको खुद ब्याज आम्दानी ५.१९% ले बढेपनि सञ्चालन नाफा ३.३२% ले घटेको छ । जसले खुद नाफा पनि प्रभावित बनाएको हो । यसको निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः १.२३% र १४.२४% ले बढेको छ । यता, खुद नाफा घटेको छ भने चुक्ता पुँजी बढेको छ । जसका कारण प्रतिसेयर आम्दानी दबाबमा परेको छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९१ पैसाले घटेर अहिले १९ रुपैयाँ ४५ पैसामा झरेको छ ।