पर्यटन बोर्डद्धारा बीबीसी मास्टर सेफको टोलीलाई सम्मान |
काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई आइतवार सम्मान गरेको छ ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा “मास्टर सेफ सन्तोस साहकोसाथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले सम्मान गरेकाे थियाे ।
सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्व सामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए । ‘नेपाललाई पर्यटन गन्तव्यका हिसावले पर्यटकहरुले सुन्दर गन्तव्यका रुपमा नै हेर्ने गरेका छन् । तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना-परिकारहरुलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसावले पनि महत्वपूर्ण गनत्वय हो भन्ने सन्देश गएको छ ।’ -उनले भने। यस्तै सन्तोष सहित टिमका सहभागी अन्य सेफहरुको आगमन र नेपाल भ्रमणले समेत नेपाली पकवान पर्यटनलाई थप टेवा पुर्याएको भन्दै उनीहरुलाई पनि बोर्डले सम्मान गरेको बताए । सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पुर्याउन पाउँदा आफुलाई गर्व लागेको बताउँदै नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति,पकवान सबैको उत्तिकै महत्व रहेको बताए । उनले आफ्नो साथमा आएको टीमलाई पुनः नेपाल आउन र आफै फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह समेत गरे ।
यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफुहरु नेपाल घुम्न,यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताए । उनीहरुले नेपाल साच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिंदै नेपाल सबैका लागि प्रिय देश रहेको बताए । वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किन लागेको बताउँदै बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरुको नेपाल भ्रमणले रु