पन्ध्र सञ्चार गृहको ‘एक नेपाल’ प्रयोगमा |
काठमाडौं । मिडिया एलायन्स नेपालमा आबद्ध १५ वटा मूलधारका सञ्चार गृहले विश्वसनीय र सत्य समाचार पाठक समक्ष ल्याउने उद्देश्यले नयाँ वर्ष २०७९ सँगै एक नेपाल नामक एप प्रयोगमा ल्याएका छन् ।
पछिल्लो समय सम्पूर्ण नेपाली मिडिया क्षेत्रलाई नै असर पर्ने गरी असत्य, भ्रामक र अतिरञ्जित समाचार आउन थालेको महसुस गर्दै मिडिया एलायन्स नेपालले पाठकमा विश्वसनीय र भरपर्दो समाचार छिटोभन्दा छिटो पु¥याउन एक नेपाल एप परियोजना ल्याएको हो ।
‘हामी पेसागत प्रवद्र्धनका लागि संगठित भएका हौं, तर हाम्रो अन्तिम लक्ष्य भनेको मिडियाका पाठकहरु नै हुन् । उनीहरुले सही समाचार पाएका छैन भने हामी संगठित हुनुको के अर्थ ?’ मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकारले भनेऽ‘यस एपले पाठक प्रतिको हाम्रो सेवा भाव र इमानदारी साबित गर्ने छ । शुरुमा मिडिया एलायन्सका सदस्यमा त्रयसएपमा भए पनि पछि अरु मिडियालाई पनि समिटिने छ।’