जिडब्लुएमद्वारा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक, ४ लाख बराबरको छुट |
काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) नेपालले नयाँ वर्ष २०७९को अवसरमा ग्राहकका लागि ४ लाख रुपैयाँ बराबरको छुट प्रदान गर्ने भएको छ । क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसोरिज, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार टेस्ट ड्राइभ गर्दा फ्रिबिज ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना हाभाल एच ६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध गराइने छ ।
वैशाख मसान्तसम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जीडब्लुएम–नेपालको नेटवर्कहरु मार्फत प्रदान गरिएका सुविधाको ग्राहकले फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । ग्रेट वाल मोटर नेपालले हाभल एच ६, हाभल जोलायन, र पावरजस्ता मोडेलहरुका साथ नेपालमा उपस्थितिलाई स्थापित गरेको छ ।